close

कृषकका लागि कतै प्रविधि कतै एप

कृषकका लागि कतै प्रविधि कतै एप

Trulli
ADVERTISEMENT

सहकारीका लागि कोपोमिस
गोरखाको अजिरकोट गाउँपालिकाले कोपोमिसको युजरनेम र पासवर्ड लिन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो लिन अनुरोध गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण सहकारीलाई युजरनेम र पासवर्ड लिन अनुरोध गरेको जनाइएको छ । पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संस्थाले आवश्यक कागजात बुझाएर सो लिन सक्ने गाउँपालिकाले जनाएको छ । 

सहकारीको दर्ताको प्रतिलिपि, सहकारीको प्यान नम्बर, इमेल र फोन नम्बर लगायतको कागजात सहित पालिकामा सम्पर्क गर्नुपर्ने सो सूचनमा उल्लेख गरिएको छ ।

कृषकको लागि कृषि फर्म एप
 किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन बाग्लुङ  काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित हुने छैनन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । 


उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताए । परियोजनाले किसानमा कृषि सूचनाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप सहयोग गरेको हो ।  


शिक्षकको लागि लेखा तालिम
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको लागि लेखा तालिम सुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्मचारीहरुलाई लेखा तालिम आजबाट सुरु गरेको हो । 

 तालिममा नगरप्रमुख प्रजापतिले नगरपालिकाले दिने अनुदान तथा आर्थिक सहयोगहरुको सही सदुपयोगको लागि भक्तपुर नपाले लेखासम्बन्धी तालिम सञ्चालन गरेको बताए । 


 शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको उनको दावी छ ।


महिला उद्यमीलाई प्रविधि सहयोग
गोदावरी नगरपालिकाले महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै महिला उद्यमीलाई प्रविधि सहयोग गर्ने जनाएको हो । 

सूचना अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशको एक महिला समूह र २० जना महिलालाई प्रविधि सहयोग गर्ने जनाएको छ । 


सो कार्यक्रममा सहभागी हुनका लागि इच्छुक महिला उद्यमी तथा महिला समूहले पुष १५ गतेभित्र नगरपालिकामा आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको जनाइएको छ ।
 

युवाको लागि लोकसेवा कक्षा
सूर्यविनायक नगरपालिकाले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो । 

सूचना अनुसार युवाहरुको लागि लक्षित गरी सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  सूचना अनुसार पालिकाभित्र बसोबास गर्ने इच्छुक व्यक्तिले कक्षामा सहभागी हुनका लागि नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
 

जिराभवानीमा स्वास्थ्य प्रयोगशाला स्थापना हुने
जिराभवानी गाउँपालिकामा सुविधासम्पन्न  स्वास्थ्य प्रयोगशाला स्थापना हुने भएको छ ।  जिराभवानी–२ को सेढंवामा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले  रु ६० लाख बराबरको प्रयोगशालासम्बन्धी स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराउन लागेको हो ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकामा सुविधासम्पन्न प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरण उपलब्ध गराउन लागेको जानकारी दिए ।  गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्राण मेहताका अनुसार प्रयोगशालासँग सम्बन्धित प्राविधिक तथा प्रशसनिक विषय प्रदेश प्रयोगशालासँग समन्वय गरी सञ्चालन गर्नुपर्ने छ ।
 

रोल्पाका स्थानीय तहमा जग्गा वर्गीकरण
रोल्पाका दश स्थानीय तहमध्ये नौ  तहले जग्गाको वर्गीकरण गरेका छन् । यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् ।

सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।