close

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा (भिडियोसहित)

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र का‌ंग्रेस नेता चन्द्र भण्डारी गुल्मी क्षेत्र नम्बर–१ बाट फेरि एक पटक भिड्दै छन् ।  यो क्षेत्रबाट ज्ञवाली पाँचौ भण्डारी चौथोपटक चुनावी अखडामा उत्रिएका छन् । १५ वर्षदेखि यी दुईको भीडन्त सधैँ मुसा–बिरालोको खेलजस्तो हुने गरेको छ । कहिले को हाबी हुन्छ, सहजै भन्न सकिँदैन ।
२०५६ सालमा गुल्मीको तत्कालीन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रदीप ज्ञवालीले पहिलोपटक प्रतिनिधिसभाको यात्रा तय गरेका थिए ।  त्यो निर्वाचनमामा ज्ञवालीले नेपाली काँग्रेसका चन्द्र केसीलाई हराएका थिए । 

२०६४ सालको संविधान सभाको चुनावमा ज्ञवालीले प्रतिस्पर्धीका रुपमा काँग्रेसका भन्द्र भण्डारीको सामना गर्नु पर्यो‍  र जित पनि हात पारेका थिए ।  तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने भण्डरीले जित हात पारे । पछिल्लो चुनावमा भने ज्ञवालीले भण्डारीलाई पछारेका थिए ।  लामो समय एमालेको केन्द्रीय तहमा रहेका ज्ञवाली नवौँ महाधिवेशनबाट पार्टी सचिव बनेका थिए ।

गत मंसिरमा भएको दशौँ महाधिवेशनमा भने उनी उपमहासचिव बन्न सफल भए । अर्कातिर नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै कांग्रेसको मूलधारको राजनीतिमा आएका भण्डारी यसअघि केन्द्रीय सदस्य बनेका थिए । कांग्रेसको चौधौँ महाधिवेशनमा पार्टीको उपसभापतिको दौडमा पछाडि परेका थिए ।

अहिले भण्डारी केन्द्रीय समितिमा समेत छैनन् । ज्ञवालीले पटक पटक मन्त्री बन्ने अवसर पाए तर भण्डारीले अहिलेसम्म राजनीतिको त्यो उचाइँ छुन सकेका छैनन् । ज्ञवाली र भण्डारी दुवै अध्ययन र लेखनमा रुचि राख्ने प्रखर वक्ता पनि हुन् । दुवैजना तुलनात्मक रुपमा नेपाली राजनीतिमा कम आलोचित र रुचाइएका नेता मानिन्छन् ।

त्यसकारण पनि गुल्मी १ को चुनावी प्रतिस्पर्धाबारे धेरैको चासो छ । पाँच वर्षअघि २०७४ सालको चुनावमा एमालेका ज्ञवाली ३७ हजार ८१४ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका भण्डारीले ३० हजार २५६ मत पाएका थिए । ज्ञवालीलाई त्यसबेला माओवादी केन्द्रको साथ थियो। अहिले भण्डारीलाई माओवादीको सहयोग छ ।