सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा औद्योगिक ग्राम बनाउने घोषणा गर्दछ । हालसम्म सरकारले ५८ वटा औद्योगिक ग्राम घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ४५ र चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो चार महिनासम्म १३ वटा गरी जम्मा ५८ वटा औद्योगिक ग्राम घोषणा भएको छ ।
उता, केन्द्र र प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारले पनि ग्राम निर्माण थालेका छन् ।
बाँकेकको खजुरा गाउँपालिकाले पनि अहिले डीपीआर नै बनाएर ग्राम निर्माणको प्रक्रिया अघि बढाएको छ ।