close

धनगढीका मेयर हमालले आइबार गरेका ७ कामहरू

धनगढीका मेयर हमालले आइबार गरेका ७ कामहरू

Trulli
गोपाल हमाल
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आइतबार गरेका ७ काम सार्वजनिक गरेका छन् । उनले आफूले दिनभर गरेका कामा सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । 

धनगढी उपमहानगरपालिकाका मेयर हमालले पोस्ट गरेका आइतबारका कामहरू उनकै भाषामा:-

१) धनगढी उप-महानगरपालिका वडा न.१ शान्तिनगरका स्थानीय टोलवासीसँग टोल विकास सम्बन्धी  सम्बाद गरियो ।
२) धरानबाट आएका मिडिया समूहसँग भेटघाट एवं सम्बाद गरियो । 
३) रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधिज्यूहरूसँग भेटघाट गरियो । 
४)धनगढी उप-महानगरपालिका वडा न.१९ फूलबारी  बसोबास गर्नु हुने " हाम्रो धनगढी हामी बनाउछौं" अभियानका अभियन्ता भाई रवि पोखरेलज्यूका पुजनीय बुवा स्व. ऋषिराम पोखरेलज्यूको निधन भएकाले  उहाँको परिवारमा स्वयम् पुगि शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गरियो ।
५) धनगढी उप-महानगरपालिका वडा न. १४ मा बसोवास गर्नु हुने  स्व.हिरा देवि भट्टज्यूको परिवारमा स्वयम् पुगी शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरियो ।
६) धनगढी उप-महानगरपालिका वडा न.१ शान्तिनगर बसोवास गर्नु हुने  स्व.लाल बहादुर आउजीज्यूको परिवारमा स्वयम् पुगी शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरियो ।
७) धनगढी उप-महानगरपालिका वडा न.१ पशुपति टोल बसोवास गर्नु हुने  स्व.खदिजा सिधिकिज्यूको परिवारमा स्वयम् पुगी शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरियो ।