close

विष्णुपुरको प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार सिंह

विष्णुपुरको प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार सिंह

Trulli
ADVERTISEMENT

सिराहा - विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार सिंह हाजिर भएका छन् । उनी गाउँपालिकामा सोमबारदेखि हाजिर भई कार्यभार सम्हाल्दै आएका छन् । 

उनलाई गाउँपालिका अध्यक्ष सत्यनारायण यादव तथा उपाध्यक्ष गीताकुमारी सिंहले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेसँग हाजिर भएका हुन् । 

उनले यसअघि विभिन्न स्थानीय तहमा कार्यभार सम्हाल्दै आएका थिए । गाउँपालिकाको यस अघिका शैलेश यादव सरुवा भएर गएसँगै उनी हाजिर भएका पालिकाका अध्यक्ष सत्यनारायण यादवका स्वकीय सचिव अशाेककुमार यादवले  पालिकाखबरलाई बताए । 

यादव माघ २२ गते सरुवा भएर गएका थिए । हाल कुन पालिकामा सरुवा भए भन्नेबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ ।