सोलुखुम्बु । लिखुपिके गाउँपालिकाको वडा नम्बर ४ र ५ नवनिर्मित् वडा कार्यालयको भवन उदघाटन गरेको छ । जिल्ला समन्वय समिती सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला तथा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले सो भवनको उदघाटन गरेका हुन् ।
भवनको उदघाटन गर्दै जिल्ला समन्वयन समिति प्रमुख निरौलले नयाँ भवनसँगै वडाको सेवा विस्तार गर्न थप सहयोग पुग्ने बताए । उनले गाउँपालिकाको प्रशासकीय भवनको लागि पनि समन्वयले गर्नुपर्ने सहयोगमा कुनै कन्चुस नगर्ने प्रतिबद्धता जाहेर गरे ।
गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले वडा कार्यालयले भवन निर्माणसँगै सबै सेवा एउटै छानामुनिबाट विस्तार हुने बताए । उनले सो भवन निर्माण गर्नको लागि सहयोग गर्ने समन्वय समितिलाई समेत धन्यवाद दिए । पालिकाको प्रशासकीय भवन निर्माण गर्न आवश्यक सहयोग गर्न आग्रह समेत गरे ।
नबनिर्मित भबणको उदघाटन कार्यक्रममा अध्यक्षता गर्दै वडा ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले वडाबाट दिने सेवा सुविधा थप सहज तरिकारले प्रदान गरिने बताए । त्यस्तै वडा न ५ का वडा अध्यक्ष ङिमछिरी लामाले वडाको सेवामा सहज हुने भएकाले यसमा कर्मचारीको भुमिका महत्त्वपूर्ण रहेको बताए।