close

सुनकोशीको आफ्नै लोगो तयार

सुनकोशीको आफ्नै लोगो तयार

Trulli
ADVERTISEMENT

सिन्धुली । सुनकोशी गाउँपालिकाले पालिकाको लोगो स्वीकृत गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको लोगो स्वीकृत गरेको जनाएको हो । 

सूचनाको अनुसार गाउँपालिकाकाको इमेलमा प्राप्त भएको डिजाइनमध्ये मनोज कुमार मोक्तानले पेश गरेको लोगोलाई स्वीकृत गरेको हो । पालिकामा आएका लोगोमध्ये वडा नम्बर २ निवासी मोक्तानले निर्माण गरेको लोगो स्वीकृत गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । 

स्वीकृत भएको लोगोलाई गाउँपालिकाको कार्यक्रम तथा कागजहरुमा प्रयोग गरिने जनाएको छ ।