close

योजना निर्माणका लागि अनलाइनबाट सुझाव संकलन गर्दै महानगर

योजना निर्माणका लागि अनलाइनबाट सुझाव संकलन गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ ।महानगरपालिकाले अनलाइन सुझाव संकलन पोर्टलबाट सुरु गरेकाे हाे । 

 महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका सुभलागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? कस्ता कार्यक्रम राख्नु पर्ला? बजेटको कस्तो व्यबस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन् । यी शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ । 

नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्नेछ । सुझाव महानगरकाे इमेल आइडी वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ । 

महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र सम्बन्धित छन् ।


यी विषयमा सुझाव दिनका लागि  सुझाव सम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रम सम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका २३ वटा शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ । 

यहाँ रहेको आफ्नो सुझाव दिनोस् वटम थिचेपछि पुगिने पेजमा कार्यक्रम –बजेटमा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी २ वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ ।  

सुझाव तथा समस्या समाधानका लागि नागरिकको परिकल्पना संकलन गर्न पोर्टलमा राखिएका शीर्षकहरु 
सार्वजनिक निर्माण
—    भौतिक पूर्वाधार (सडक÷ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुननिर्माण
—    सेवा पूर्वाधार (खानेपानी÷विद्युत तथा सञ्चार प्रविधिका सेवाका लागि पूर्वाधार)
—    ठूला तथा महानगर गौरवका आयोजनाहरु 
—    यातायात तथा सहरी गतिशिलतासँग सम्बन्धित योजना
—    अन्य
शिक्षा
—    शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि
—    प्राविधिक र सीपमा आधारित शिक्षा
—    अनौपचारिक शिक्षा (समुदायमा आधारित)
—    विद्यालय व्यवस्थापन
—    विद्यालय पूर्वाधार (प्रयोगशाला÷पुस्तकालय÷कक्षा कोठा÷खेल मैदान आदि)
—    अन्य
स्वास्थ्य
—    स्वास्थ्य प्रवर्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा 
—    स्वास्थ्य बीमा
—    औषधि वितरण
—    दीर्घ तथा जटिल रोग, खोप तथा महामारीका कार्यक्रम 
—    स्वस्थ्य सहर निर्माण 
—    अन्य
सहरी व्यवस्थापन
—    भवन निर्माण र इजाजत
—    इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम 
—    ५ हजार वर्गफिटसम्म वडालाई नक्सा स्वीकृत गर्न दिएको अधिकार 
—    अन्य
वातावरण व्यवस्थापन
—    फोहोरमैला व्यवस्थापन (संकलन, ढुवानी र अन्तिम व्यवस्थापन)
—    पार्कहरुको व्यवस्थापन र वृक्षारोपण
—    जल÷वायु÷ध्वनी प्रदुषण 
—    अन्य
सम्पदा तथा पर्यटन
—    पुननिर्माण, मर्मत सम्भार, स्वामित्व, उपयोग तथा व्यवस्थापन
—    मूर्त, अमूर्त, कला, साहित्य, संगीत र संस्कृति
—    पर्यटन पूर्वाधार र प्रवर्धन
—    सम्पदा अभिलेखीकरण 
—    अन्य
सूचना प्रविधि
—    विद्युतीय शासन प्रणाली (अनलाइन सेवा)
—    सूचना सञ्चार र सञ्चार प्रविधि
—    सीसीटिभी क्यामरालगायत सहरी सुरक्षा प्रणाली
—    कल सेन्टर (गुनासो सुनुवाई तथा व्यवस्थापन)
—    डिजिटल रिटेरेसीका कार्यक्रम 
—    अन्य
सामाजिक विकास
—    लक्षित वर्गका कार्यक्रम
—    सामाजिक सुरक्षा कार्यक्रम 
—    बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम
—    खेलकुद, सीप र उद्यमशील विकास तथा क्षमता विकासका कार्यक्रम 
—    गैर सरकारी तथा अन्तरराष्ट्रिय गैर सरकारी संघ संस्था
—    अन्य
सहकारी
—    दर्ता, नविकरण तथा नियमन
—    जोखिम पूर्वानुमान र व्यवस्थापन
—    अन्य
कानुन तथा मानव अधिकार
—    न्यायिक प्रणाली
—    न्याय प्रशासन
—    मेलमिलाप 
—    मानव अधिकार
—    निःशुल्क कानुनी सेवा
—    इजलास (प्रमुख÷उपप्रमुख न्यायिक ÷ प्रमुख प्रशासकीय अधिकृत)
—    कानुनी साक्षरताको प्रवर्धन 
—    अन्य 
कृषि तथा पशुपंक्षी
—    कृषि तथा पशु बजार
—    बधशाला, चिस्यान गृह (भण्डारण)
—    दूध तथा दूग्ध पदार्थ व्यवस्थापन
—    खाद्य प्रयोगशाला (कृषि÷भेटेनरी)
—    खाद्य निरीक्षक
—    होटल, आवास गृह, रेष्टुरेन्ट, बार, क्लब तथा खाजा घर
—    दैनिक उपभोग्य बस्तुको व्यवस्थापन र भण्डारण
—    सामुदायिक पशु (कुकुर, विरालो, गाई, गोरु, बाच्छा)
—    अन्य
विपद व्यवस्थापन
—    विपद पूर्व तयारी, आपतकालीन सेवा
—    विपद व्यवस्थापन तथा खोज, उद्धारका सामग्री भण्डारण र कृतिम अभ्यास
—    बारुण यन्त्र, सडक दुर्घटना व्यवस्थापन यन्त्र तथा उपकरण
—    क्षमता विकासका लागि समन्वय र सहकार्य
—    अन्य
हनुमान ढोका दरबार संरक्षण कार्यक्रम
—    सम्पदा क्षेत्रको संरक्षण र व्यवस्थापन
—    इन्द्र जात्रालगायत अन्य जात्रा र पर्व सञ्चालन कोष
—    स्थानीय सहभागिता 
—    अन्य
पार्क तथा हरियाली व्यवस्थापन
—    मौजुदा पार्क व्यवस्थापन
—    नयाँ पार्क निर्माण, प्रभाव मूल्याङ्कन र डिजाइन
—    पार्क, नदी, पोखरी तथा सार्वजनिक स्थलको व्यवस्थापनमा स्थानीय सहभागिता
—    अन्य 
जग्गा एकीकरण आयोजना
—    नयाँ बजार जग्गा एकीकरण आयोजना
—    आयोजना हस्तान्तरण 
—    चमती जग्गा एकीकरण आयोजना
—    मनोहरा जग्गा एकीकरण आयोजना 
—    अन्य 
वित्तिय सुशासन
—    खर्च तथा भुक्तानी प्रणाली
—    आन्तरिक लेखा प्रणाली 
—    अन्य 

खरिद
—    बस्तु खरिद प्रणाली
—    सेवा खरिद प्रणाली
—    खरिद मूल्याङ्कन 
—    अन्य 

राजस्व 
—    राजस्वको दर र दायरा
—    आन्तरिक आय
—    अन्तर सम्बन्धित क्षेत्र, समानीकरण, सशर्त तथा निशर्त अनुदान 
—    अन्य 

योजना अनुगमन
—    उपभोक्ता हित तथा बजार व्यवस्ूथापन अनुगमन 
—    वार्षिक नीति तथा कार्यक्रमअन्तर्गतका योजनाको अनुगमन
—    विषयगत समितिका कार्यक्रम र अनुगमन 
—    मासिक, त्रैमासिक, चौमासिक, अर्ध वार्षिक प्रगति र मूल्याङ्कन 
—    अन्य

प्रशासन
—    सेवा वितरण
—    कर्मचारी प्रशासन र क्षमता विकास 
—    कार्यालय व्यवस्थापन   
—    सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन 
—    अन्य

सार्वजनिक निजी साझेदारी
—    चालु कार्यक्रम
—    क्षेत्र तथा सेवामा निजी क्षेत्रको स्रोत, सीप र लगानीका कार्यक्रम
—    सार्वजनिक निजी साझेदारी कार्यक्रमका ढाँचा
—    साझेदारीबाट सञ्चालन गर्न सकिने ठूला आयोजनाहरु
—    अन्य 
संघ तथा प्रदेश पूर्वाधार विकास योजनाका
—    संघ सरकारका कार्यक्रम 
—    प्रदेश सरकारका कार्यक्रम
—    विषयगत कार्यालयहरुबाट प्रवाह हुने सेवा सम्बन्धी कार्यक्रम (बन, आयुर्वेद विज्ञान, साना तथा घरेलु उद्योग, खानेपानी तथा सरसफाइ, बन कार्यालय, सहरी विभास तथा भवन निर्माण विभाग, शिक्षा विकास तथा समन्वय एकाइलगायत)
—    अन्य 
अन्तरराष्ट्रिय सम्बन्ध
—    अन्तरराष्ट्रिय सहरसँगको भगिनी सम्बन्ध 
—    राष्ट्रिय सहरहरुसँगको भगिनी सम्बन्ध 
—    राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थाहरुसँगको सम्बन्ध र आपसी सहयोग
—    राष्ट्रिय अन्तरराष्ट्रिय सहयोग तथा क्षमता आदानप्रदान 
—    अन्य