close

व्यासमा खेलकुद विकास समिति गठन

व्यासमा खेलकुद विकास समिति गठन

Trulli
ADVERTISEMENT

दमौली । व्यास नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेको छ । व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार व्यास–९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा समिति गठन गरिएको हो । 

समितिको उपाध्यक्षमा सुशीला दुरा र सदस्यमा जीवन गुरुङ, सुरेश वाग्ले, कमला विक, कृष्ण पुन, इन्द्र गुरुङ, सानुमाया श्रेष्ठ, चोकबहादुर थापा, मदन वाग्ले र शरण घर्ती रहेका छन्  । 

आगामी दिनमा सोही समितिमार्फत पालिकाको खेलकुद क्षेत्रको लागि सल्लाह र निर्णय गरिने पालिकाले जनाएको छ ।