काठमाडौं । पाख्रीबास नगरपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् ।
बिहीबार कार्यालय समयमा नगरपाकिाका प्रमुख प्रशासकीय अधिकृतलाई काम गरिरहेको बेलामा प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईले फोन गरेर अपशब्द प्रयोग गरेर ज्यान लिने धम्की दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जारी गरिएको विज्ञप्तिमा ज्यान लिने धम्कीको विरोधमा पाख्रीबास नगरपालिकाका कर्मचारीले आज पेन डाउन गरेको उल्लेख छ ।
अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द नरहने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेल उत्कृष्ट निजामती कर्मचारी सेवा पुरस्कारबाट सम्मानित