काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालयमा वडाध्यक्षले ताला लगाएका छन् ।
वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्य आफैँले भदौ २४ गते शुक्रबार वडा कार्यालयमा ताला लगाएका हुन् ।
जसका कारण दश दिनदेखि सो कार्यालय बन्द छ।
नगरमा वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित भएका छन् ।
फरक राजनीतिक दल भएकै कारण नगरपालिकाले वडाका सबै कामकाजमा हस्तक्षेप गरेको वडाका जनप्रतिनिधिको आरोप छ।