सुनसरी । धरान उपमहानगरपालिकाको बजार क्षेत्र तथा सडकमा अनधिकृत फुटपाथ हटाउन निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले अनधिकृत फुटपाथले टाफिक व्यवस्थापन समस्या हुनुका साथै सौन्दर्यता विगारेको भन्दै सो निर्देशन दिएको हो ।
'बजारक्षेत्रमा सडक, सडक पेटी, सार्वजनिक स्थल, चोक, घुम्ती, मोड तथा निशेधित क्षेत्रमा सबै प्रकारका सवारी साधन, ठेला र रिक्साको अव्यवस्थित पार्किङ तथा अनाधिकृत रुपमा मालसामानहरु राखी खरिद तथा विक्री वितरण गर्दा शहरको सौन्दर्यता विग्रिनुका साथै ट्राफिक व्यवस्थापनमा ठुलो समस्या परेको र दुर्घटना बढाएकाले त्यस्ता अनधिकृत फुटपाथ हटाउनका लागि सबैमा जानकारी गराइन्छ,' उपपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
साथै बजार क्षेत्रमा चल्ने मालबाहक सवारी साधनले व्यस्त राजमार्गमा समेत सवारी आवागमनलाई बाधा पुर्याइ आफुखुसी सामान लोड अनलोड गर्ने गरेको व्यापक जनगुनासो बढेको बिहान ८ बजे अगाडि र बेलुका ६ बजेपछि मात्रै सामान लोड अनलोड गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ ।