close

सिदिङ्वामा पहिरो : पालिकाको योजनाको न्यून प्रतिफल, थप सहयोगको लागि माग

सिदिङ्वामा पहिरो : पालिकाको योजनाको न्यून प्रतिफल, थप सहयोगको लागि माग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - सिदिङ्वा गाउँपालिकालाई पहिरो नियन्त्रणका लागि विभिन्न निकायसँग सहयोग माग गरेको छ । गाउँपालिकाको विभिन्न क्षेत्र पहिरोको उच्च जोखिममा रहेकोले पालिकाले सहयोगको माग गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार पहिरो नियन्त्रणको लागि पालिकाले वृक्षारोपण, पानी कटान गर्नेलगायतको कार्य गरेपनि प्रभावकारी नभएकाले थप कार्यक्रमको लागि सम्बन्धित निकायसँग  सहयोग माग गरेको हो । गाउँपालिकासँग थोरै बजेट हुने तर धेरै क्षेत्रमा जोखिम हुने भएकोले पालिकाले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार यो वर्ष गाउँपालिकाको वडा नम्बर ६ मा पहिरोले ६ जना स्थानीय बासिन्दाको मृत्यु भएको छ । वडा नम्बर ६ मा २१ घर र आंखोमा ४ घर पहिरोले बगाएको छ । ‘आंशिक क्षति भएका परिवारलाई सुरक्षित क्षेत्रमा स्थान्तरण गरिएको छ । पानी पर्न छाडेपछि टालटुल गरि सोही घरमा बस्न थालेका छन्,’ उनले भने, ‘गाउँपालिकाको विद्यालय तथा सुरक्षित स्थानमा पाल राखेर राखिएको छ ।’

उनका अनुसार केही समयअघि काठमाडौंबाट प्राविधिकसहितको टोलीले उच्च जोखिम क्षेत्रको अध्ययन गरिसकेको छ । अध्ययनको प्रतिवेदन आएपछि आवश्यक योजना ल्याउने उनले पालिकाखबरलाई बताए ।