close

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Trulli
फाइल फोटो
ADVERTISEMENT

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

अपडेट: अवरुद्ध नारायणगढ–मुग्लिन सडक बिहान ६:३० बजेपछि सञ्चालनमा आएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।