काठमाडौं । सप्तकोशी नदीको बाढीका कारण विस्थापित श्रीलंका टापुका बासिन्दा घर फर्कन थालेका छन् ।उदयपुरको बेलका नगरपालिका– ८ मा कटान गरेर सप्तकोशी नदीको भंगालो बस्तीतर्फ पसे श्रीलंका टापुका स्थानीय बस्ती छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।
डुबानमा नपरेका ठाउँका बासिन्दा बिहीबार घर फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए ।
बराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष निरञ्जन मण्डल चन्द्रवंशीले काेसीमा पानीकाे बहाव घटेपिछ स्थानीय घर फर्किन थालेको बताए ।