चितवन । नारायणगढ-मुग्लिङ सडकअन्तर्गत तीन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
भरतपुर-२९ को केराबारी, इच्छाकामना-६ को २ र ३ नम्बर पुलको बीचमा पहिरो गएको हो ।
सोही ठाउँको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै भरतपुर २९ सत्रकिलोमा पनि पहिरो गएको छ ।
केराबारी र इच्छाकामनाको पहिरो पन्छाइसकेपछि सत्रकिलोको पहिरो पन्छाउने प्रहरीले जनाएको छ ।
तीन ठाउँको पहिरोले गर्दा नारायणगढ मुग्लिङ सडकखण्डमा रातिदेखि नै सवारीसाधन संचालन हुन सकेको छैन ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।
यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ ।
यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।