सिन्धुपाल्चोक । अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएको छ ।
अरनिको राजमार्गअन्तर्गत डाक्लाङमा सडक भासिएको हो ।
आज बिहान करिब ५ बजे तिर अन्दाजी २० मिटर सडक भासिएको बताइएको छ ।
सडक भासिएपछि उक्त सडक हुँदै आवत-जावत गर्ने सवारीसाधन रोकिएका छन् ।
सडक मर्मतका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।