close

प्रचण्डसहितका माओवादी नेताले राष्ट्रपतिलाई भने :  यसअघि आएको अध्यादेश र नागरिकता विधेयकमा फरक छैन

प्रचण्डसहितका माओवादी नेताले राष्ट्रपतिलाई भने :  यसअघि आएको अध्यादेश र नागरिकता विधेयकमा फरक छैन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । 

सोमबार राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले राष्ट्रपतिसँग भेट गरेका हुन् ।  भेटमा राष्ट्रपति भण्डारीले उनीहरूलाई नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् ।

तर, माओवादी केन्द्रका  शीर्षस्थ नेताहरूले प्रधानमन्त्री  केपीजी हुँदा सहमति बनेकै अध्यादेश विधेयकको रुपमा अघि सारेको बताएका थिए । जुन कुरा  यसअघि राष्ट्रपतिसँगको भेटमा नेपाली कांग्रेसका नेताले पनि राखेका थिए । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशभन्दा केही फरक नभएको प्रचण्डले प्रष्ट पारेका छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरू पुगेका थिए ।