काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र राणाले आफूविरुद्ध लगाइएको महाभियोग निष्क्रिय भएको बताएका छन् ।
बुधबार महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान दिने क्रममा पूर्वप्रधान्यायाधीश चोलेन्द्र राणाले यस्तो बताएका हुन् ।
यस्तै, उनले आफूमाथि मिडिया र राजनीतिक दलले पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।
संसद्ले लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि संसद्को सम्मानका लागि मात्रै आफू बैठकमा आएको बताए ।
आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे ।
समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो ।
राणाविरुद्ध गत फागुन १ गते संसद्मा महाभियोग दर्ता भएको थयो ।