काठमाडौं । सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारी धर्नामा उत्रिएका छन् ।
नगर कार्यपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई साउन १ गते काम नगर्न र नगराउन भनी निर्णय गरेपछि बेरोजगार बनेकाहरू पुनर्वहालीको माग गर्दै उनीहरू ६ दिनदेखि धर्नामा उत्रिएका हुन् ।
कविलासी नगरकार्यपालिकाको गत असार १२ गतेको बैठकले करारमा कार्यरतहरूलाई काममा नलगाउने निर्णय गरेको थियो ।
नगरपालिका कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरूले समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।