काठमाडौं । प्रदेश-१ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यव अधिकारीले मोरङका स्थानीय तहमा करिब चार हजार जनाले विभिन्न पदमा उम्मेदवारी दिए पनि ३७५ जनाले मात्र खर्च विवरण बुझाएको बताएका छन् ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था भए पनि सबै उम्मेद्वारले खर्च विवरण नबुझाएको बताएका हुन् ।
निर्वाचन भएको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा दिनुपर्ने कानुनी व्यवस्था छ ।
गत असार ८ गते नै निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक आग्रह गरेपनि उम्मेदवारहरु नआएको प्रदेश निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् ।