रुपन्देही ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले ११औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटका विषयमा जानकारी गराएको छ ।
मंगलबार एक कार्यक्रम गरी पालिकाले सो जानकारी गराएको हो ।
नगरपालिकाले २०७९/०८० का लागि स्वीकृत आय अनुमान ८६ करोड ३६ लाख ६९ हजार रुपैयाँ प्रस्तुत गरेको छ ।
नगरप्रमुख झबिलाल थापाले बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि विशेष जोड दिइने बताउँदै प्रमुख थापाले कृषि पर्यटन,शिक्षा स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्ने बताए।
योजनाबद्ध रूपमा समृद्ध नगर निर्माण गर्न नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमका साथ लागिरहेको नगर उपप्रमुख बालकृष्ण बन्जाडे बताए ।