पोखरा । अविरल वर्षाका कारण पोखराको फिर्के खोला नजिकै सडक भासिएको छ ।
फिर्के खोला नजिकैको बुढानीलकण्ठ किरिया कर्म घर अगाडिको बाटो करिब १५ मिटर भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले पालिका खबरलाई जानकारी दिएको छ ।
‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको छ। घरको बाहिरी भाग ठीक छ। तर, भित्री कोठा भासिएको छ’, ४ नम्बर वडाका अध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए , ‘घर ओडारजस्तो भएको छ ।’
क्षति पुगेको ठाउँमा पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुङलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।
महानगरपालिकाले भासिएको सडक मर्मत गर्ने तयारी छ ।