काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थिति हुुँदा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा प्रभावित भएको छ ।
बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित हुँदा निर्धारित समयभन्दा ४ घन्टा व्यतित भइसक्दा पनि सुरु भएको छैन ।
नगरप्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताउँदै सबै साथीहरु आएपछि नगरसभा सुरु हुने बताए ।
‘नीति, कार्यक्रम, बजेट बनाउने क्रममा आवश्यक पद्दति फलो हुन सकेन, वडा अनुसार सिलिङ तोकेर बजेट बनाइएको छैन । त्यसलाई पहिला व्यवस्थापन गर्नुपर्छ भन्ने छ । त्यसैले अधिवेशन सुरु हुन सकेको छैन’, उनले भने ।