कैलाली । जानकी गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ । गाउँपालिकाले ल्याएको बजेटअन्तर्गत चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५१६ र पुँजीखर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४८३ रहेको छ ।
गाउँपालिकाले आयतर्फ आन्तरिक स्रोत राजश्व परिचालनबाट तीन करोड नौ लाख ५५ हजार, सङ्घीय सामान्यीकरण अनुदानबाट १५ करोड ८६ लाख, सङ्घीय राजश्व बाँडफाँटबाट १३ करोड ५२ लाख ५१ हजार, सङ्घीय सर्शततर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाएको छ ।
यस्तै सङ्घीय समपूरक अनुदानबाट एक करोड ८० लाख, सङ्घीय विशेष अनुदानबाट एक करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट एक करोड १५ लाख ९५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट दुई करोड ३० लाख ९९ हजार, प्रदेश समपूरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ ।
गाउँपालिकाले व्ययतर्फ आर्थिक विकासतर्फ चार करोड ३५ लाख २२ हजार १०, सामाजिक विकासतर्फ २५ करोड २३ लाख १७ हजार ९९९, पूर्वाधार विकास क्षेत्रतर्फ १९ करोड ५८ लाख ११ हजार ५७५ विनियोजन गरेको छ ।
यस्तै, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७२ लाख ९९ हजार ९९९, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ एक करोड ५८ लाख ३४ हजार ९९० र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १८ करोड एक लाख ७८ हजार ४२४ विनियोजन गरेको छ ।