close

हलेसी तुवाचुङ नगरपालिकाको ल्यायो आव २०७९/ ८०का लागि बजेट

हलेसी तुवाचुङ नगरपालिकाको ल्यायो आव २०७९/ ८०का लागि बजेट

Trulli
ADVERTISEMENT

काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले आव २०७९/ ८०का लागि बजेट ल्याएको छ । 

बिहीबार पालिकाको ११औँ नगरसभाले  हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६४ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको हो।

नगरपालिकाको बजेटमा पुराना अधुरा कार्यक्रम र लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिएको छ । 

बजेटमा अगार्निक व्यावसायिक कृषि प्रणालीमा जोड दिदै जैविक कृषि उत्पादन र पशुपन्छीजन्य उत्पादन बढाइ व्यावसायिक र औद्योकीकरण गर्न टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकालाई माशुमा आत्मनिर्भर बनाउने, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यन्वयन गर्ने, एक वडा एक कृषि/पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने, बाझो जमिनमा विभिन्न फलफुल खेती गर्नेलाई नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने, रिचार्ज पोखरी निर्माण गर्ने लगायत कार्यक्रम उल्लेख  छ । 

 यस्तै,  पर्यटन क्षेत्रको  विकासका लागि  नगरपालिकाभित्रका पर्यटकीय हिसाबले महत्वपुर्ण रहेका ठाउँको संरक्षण र व्यवस्थापनमा बिशेष ध्यान दिने, अन्य धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान गरी संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, मापदण्डअनुसार साना तथा मझौला उद्योग सञ्चालन गर्न चाहाने युवालाई विशेष अनुदान दिने, स्थानीय उत्पादनलाई संकलन गरी बजारीकरण गर्न चाहानेका लागि ५० प्रतिशत अनुदानको व्यावस्था गरिने, वैदेशि रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप पुजि र प्रविधिलाई उत्पादन र लघु उद्यमको विकासमा उपयोग गरिने कार्यक्रममा उल्लेख छ ।

प्रत्येक विद्यालयमा निशुल्क इन्टरनेट जडान, प्रत्येक वडामा एउटा खेल मैदान निर्माण गर्ने कार्यक्रममा उल्लेख छ । डक्टर, इन्जिनियर र पाइलट अध्ययन गर्न चाहाने विपन्न जेहेन्दार तथा विद्याबारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यावस्थापन गर्ने कार्यक्रममा समावेश छ ।