काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले सफलतापूर्वक नगरसभा सम्पन्न भएको खुसी मनाउन शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज ११ औँ नगरससभा सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोलि शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३र०९ गते ११ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९।०३।१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिने ब्यहोरा आदेशानुसार अनुरोध छ ।’