काठमाडौं । काठमाडौं महानगरपालिका र आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन चाहने ३३ संघ संस्थाबीच सम्झौता भएको छ ।
बैङ्क, रेस्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्था र महानगरबीच सो सम्झौता भएको हो । महानगर प्रमुख बालेन साह, उपप्रमुख सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पाैड्यालको रोहवरमा सो सम्झौता भएको हो ।
सम्झौता पाँच वर्षका लागि भएको हो ।
यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ ।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको मेयर बालेन साहले जानकारी दिए ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रंगमै महिला र पुरुषको चिन्ह छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
यी हुन् सम्झौता गरिएका संघ/संस्था
१) टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार
२) पशुपति भ्यु होटल एण्ड रेस्टुरेन्ट, बालकुमारी टोल
३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क) पिजा हट, वडा नं. १ दरबारमार्ग
ख) केएफसी, वडा नं. १ दरबारमार्ग
ग) केएफसी, वडा नं. ६ बौद्ध
५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६) होटल रत्नज्योती, पेरिसडाँडा
७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८) खानेकुरा प्रा. लि., गौशाला
९) सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार
१०) बेबिलोन नेशनल स्कुल, शान्तिनगर
११) ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार
१२) नेपालय पब्लिकेसन, डिल्लीबजार
१३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, बसुन्धरा
१४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५) घराना लञ्च एण्ड बार, बानेश्वर
१६) कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९) आरडीएक्स बार प्रा. लि. ठमेल
२०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२) नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२३) सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार
२४) बिन्का लङ्, छाउनी
२५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेस्टुरेन्ट, बौद्ध
२६) मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७) क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०) रिट्रिप क्याफे, बौद्ध
३१) चिकेन स्टेशन
३२) स्तुपा हब, बौद्ध