काठमाडौं । हेटौँडा उपमहानगरपालिका एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।
एमालेले बैठक सञ्चालन कार्यविधि २०७४को १५ (२) र १५ (३)मा रहेको व्यवस्थालाई संशोधन माग गर्दै बैठक बहिष्कार गरेको हो ।
आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीबारे कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना माग अघि बढाउँदा मेयर तथा उपमेयरले दम्भ देखाएकाले बैठक बहिष्कार गरेको बताएका छन् ।
हेटौँडा उपमहानगर कार्यपालिकामा एमालेबाट १८ जना, नेपाली कांग्रेसबाट ९ तथा नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्य छन् ।