close

जनकपुरधामको अवस्था सामान्य भइसक्यो : उपमेयर साह

जनकपुरधामको अवस्था सामान्य भइसक्यो : उपमेयर साह

Trulli
ADVERTISEMENT

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोर साहले जनकपुरधामको परिस्थिति सामान्य भइसकेको बताएका छन् ।

उपमहानगरमा सामान्य विवाद भएको र सो समाधानपछि आफू बाहिर अनगुमनमा निस्किएको उनले पालिका खबरलाई जानकारी दिए । 

उनले भने, ‘ठूलो  घटना होइन ।सामान्य विवाद थियो । समाधान भइसक्यो । सबै ठिकठाक भइसकेपछि अनुगमनका लागि म बाहिर निस्किएको छु ।’

‘उहाँहरू ज्ञापन पत्र लिएर आउनुभएको रहेछ । उहाँहरूको ज्ञापनपत्र बुझेर तपाईहरुको समस्या कानुनी रुप हल गर्छौँ भनेका थियौँ,’ उनले भने, ‘ त्यहीँ विषयमा उहाँहरुले केहीबेर होहल्ला गर्नुभयाे । 

बेलागाउँका स्थानीय समाजसेवी एवं दाताले रामजानकी दुल्हा भगवान कुटीलाई दिएको जग्गा १७ बिघा १५ कठ्ठा जग्गा बेचबिखन हुन थालेकाले सो रोक्न माग गर्दै  स्थानीय उपमहानगरको कार्यालय पुगेका थिए । 

सोही क्रममा उनीमाथि हातपात समेत भएको थियो ।   

सोही क्रममा नगर प्रमुख कार्यालयमा नभेटेपछि उपप्रमुखलाई ज्ञापन बुझाएपछि उनीमाथि आक्रमण  भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसान उपाध्यायका अनुसार उपमेयरले उनीहरुलाई सम्झाउने क्रममा सो घटना भएको हो ।