close

मेरो उद्देश्य विपन्नलाई सम्पन्न बनाउने हो : मेयर सापकोटा

मेरो उद्देश्य विपन्नलाई सम्पन्न बनाउने हो : मेयर सापकोटा

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले पालिकाको पहिलो बैठकले किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान, घाँसमा प्रतिकट्ठा दुई हजार छुट , विपन्न वर्गलाई स्वास्थ्य बिमा फ्री र शून्य बजेटका आधारमा बजेट निर्माण गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, बजारलाई फोहोरमुक्त तथा स्वच्छ र स्वस्थ पालिका निर्माणका लागि कार्य अघि बढाएको उनले पालिका खबरलाई जानकारी दिए । 

‘पहिला हामीले टेन्डर निकालेर नगरपालिकाले एघार लाख तिथ्योँ भने अहिले उल्टो प्रतिवर्ष ४२ लाख लिएर फोहोर व्यवस्थापन गर्ने कार्य गरेका छौँ,’ पालिका खबरसँग मेयर सापकोटाले भने । 

निम्न वर्गको जीवनस्तर उकास्ने आफ्नो रणनीति हरेको बताउँदै उनले भने, ‘हामीले विपन्न वर्गलाई प्राविधिक शिक्षा पनि दिलाउने भनेर सोचिरहेका छौँ । स्पेसल मेरो फोकस गरीब तथा एकदम निम्न वर्गलाई प्रमोट गर्ने हो । जीवनस्तर, शिक्षा स्वास्थ्यलगायत विधामा उहाँहरूलाई सम्पन्न गराउने हो  ।’