close

काठमाडौं महानगरभित्रको फोहोर यही व्यवस्थापन गर्ने गरी काम गर्छौँ : उपमेयर डंगोल

काठमाडौं महानगरभित्रको फोहोर यही व्यवस्थापन गर्ने गरी काम गर्छौँ : उपमेयर डंगोल

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्रको फोहोर जहाँको त्यहीँ व्यवस्थापन गर्नेगरी आफू अघि बढेको बताएकी छन् ।

शनिबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई गरेको सम्मान कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग भएको स‌ंक्षिप्त कुराकानीका क्रममा उनले यस्ताो बताएकी हुन् । 

‘महानगरबाट हामीले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,’ उपमेयरले भनिन्, ‘हिजोबाट फोहोर उठ्न पनि थालिसकेको छ ।’ तर यो दीर्घकालीन समाधान भने नभएको उनले बताइन् । ‘दीर्घकालिन रुपमा हामीले जहाँको फोहोर हो, त्यहीँ नै फोहोरको व्यवस्थापन गर्नुपर्छ । त्यसैलाई नै हामीले दीर्घकालिन रुपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउदैछौँ । छिट्टै त्यो लाग गर्नेछौँ ।’

बन्चरेडाँडामा फोहोर फाल्नका सरोकार र महानगर तथा सरकारबीच सहमतिपछि  उपत्यकाकाे फोहोर आजबाट उठ्न सुरु भएको छ ।