काठमाडौं । सिरहामा चट्याङ लागेर एकजनाको घाइते भएको छ । सिरहाकाे धनगढीमाई नगरपालिका १३ भाल्टरमा परेको चट्याङमा परी ४० वर्षीय बुद्ध बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको हो ।
चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो ।