close

बेसिन्दाका पहिरो पीडितले पाए घर बनाउने जग्गा

बेसिन्दाका पहिरो पीडितले पाए घर बनाउने जग्गा

Trulli
ADVERTISEMENT

संखुवासभा । गत वर्षको पहिरोमा परी विस्थापित भएका १०६ घर परिवारको स्थायी पुनर्वासको लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङका अनुसार स्थायी पुनर्बासका लागि काम भइरहेको र हालसम्म सबै पीडितहरूका लागि जग्गाको व्यवस्था भइसकेको छ । 

उनका अनुसार सिलिचोङ-१ बेसिन्दाका ८६ र सोही वडाको बखल्तुमका २० घर विस्थापित हुने गरी गत २०७७ साल असार २७ गते पहिरो गएको थियो । उक्त पहिरोमा परी ११ जनाले ज्यान गुमाएका थिए भने लाखौंको जनधनको क्षति व्यहोर्नु परेको थियो । पहिरोबाट विस्थापित भएको दुई वर्ष पुग्न लाग्दा पनि कष्टकर जीवनयापन गरिरहेका स्थानीयले घर बनाउन जग्गा पाउने भएपछि हर्षित बनेका छन् । 

सिलिचोङ गाउँपालिकाले उनीहरूको स्थागी पुर्नबासका लागि खाँदबारी, बखल्तुम र चित्रेमा जग्गाको व्यवस्था गरेको हो ।  प्रदेश सरकारको सहयोगमा उक्त काम भइरहेको अध्यक्ष मेवाहाङले बताए । उनका अनुसार खाँदबारीमा ५०, बखल्तुममा १४ र चित्रेमा ३० घर पीडितलाई पुनर्बासका लागि जग्गा व्यवस्था गरिएको हो ।