close

३७ संकल्पका साथ सुशासनलाई प्राथमिकता

३७ संकल्पका साथ सुशासनलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

दार्चुला । मालिकार्जुन गाउँपालिकाले पालिकाभित्रको काम तथा सेवालाई प्रभावकारी बनाउन ३७ वटा संकल्प प्रस्ताव कार्यपालिका बैठकबाट पारित गरेको छ ।

पालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम कारवाहीलाई प्रभावकारी बनाउन सुशासनमा जोड दिएर पछिल्लो दुई हप्ता रफ्तारमा काम गरिरहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले पालिका खबरलाई बताए । 

उनका अनुसार शिक्षाको गुणस्तर सुधारका साथि प्रधानाध्यापक, शिक्षक, विद्यालय  व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकसँग अन्तरक्रिया गर्ने काम भइरहेको अध्यक्ष धामीले बताए । त्यस्तै कर्मचारीको कार्य सम्पादन मूल्यांकनसँगै प्रभावकाकारी सेवाका लागि ८ सदस्यीय कर्मचारी कार्यदल गठन गरी त्यही अनुसार कामको थालनी गरिएको धामीले बताए । 

साथै गाउँपालिकाले यही असार २८ गते पालिकावासीको सहजता र सेवाका लागि विशषज्ञस्तरीय आँखा शिविर सञ्चालन गर्ने निर्णसमेत गरेको छ । उक्त शिविर गेटा मेडिकल कलेज धनगढीसँगको सहकार्यमा सञ्चालन हुनेछ ।