close

अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

Trulli
ADVERTISEMENT

बाँके- नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा प्रदान गरेका हुन् ।

फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि  गरिएको थियो ।  त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयम्सेवी रक्तदाता पवन जायसवाललाई पनि सम्मान गरिएको थियो ।