महोत्तरी– मटिहानी नगरपालिकाले कुवेतमा मृत्यु भएका रघुनाथ मण्डलको परिवारलाई राहत उपलब्ध गराएकाे छ । वैदेशिक राेजगारीकाे क्रममा १० महिना अगाडि कुवेत पुगेका मण्डलकाे गत कातिक ७ गते मृत्यु भएकाे थियाे ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१को नगर सभाबाट वैदेशिक रोजगारको क्रममा विदेशमा मटिहानी नगरपालिकाको कुनैपनि नागरिकको मृत्यु भएमा ५० हजारसम्म दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वैदेशिक रोजगारको शिलशिलामा ज्यान गुमाएको मण्डलकी श्रीमती रञ्जु देवीलाई सो राहत नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले उपलब्ध गराएको हाे ।
राहत उपलब्ध गराउने कार्यक्रम नगरपालिकाका वडा नम्बर ९ का वडाअध्यक्ष मदन चौधरी समाजसेवी मोसाफिर सहनी, जोगिन्द्र शाह,सकलदेव पासमान, राम असरे मण्डल, किसन मण्डललगायतका स्थानीयहरुको उपस्थित रहेका थियो । मृतक रघुनाथ कुवेतमा १० महिना अगाडी गएका थिए । मृतक मण्डलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।