दाङ- राप्ती गाउँपालिकाले भूकम्प प्रभावितलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार गाउँ कार्यपालिकाको बसेको बैठकले एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रलाई तत्काल एक लाख रुपैयाँ दिने र पुनर्निर्माणको लागि आवश्यक प्राविधिक सहयोग गर्ने जनाइकाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो पारिश्रमिकको ३५ हजार रुपैयाँ सहयोग गर्ने बताए ।