डडेल्धुरा - अमरगढी नगरपालिका–१ का वडा सचिव मृतावस्थामा भेटिएका छन् । ५८ वर्षीय सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । उनकाे घर बैतडीको पाटन नगरपालिका–२ हो ।
नगरपालिकाकै स्याउले नजिक उनी हिम पाइपकाे खाल्डोमा मृत भेटिएकाे वडा नम्बर १ का वडा सदस्यले गणेश बहादुर दियालले बताए । गतराती ८ बजे माेटरसाइकल दुर्घटनामा परी पन्तकाे मृत्यु भएकाे उनले पालिकाखबरलाई जानकारी दिए ।
से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यस अगाडि अमरगढी –१० का सचिव थिए ।