close

भक्तपुरमा १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाइने (निर्णयसहित)

भक्तपुरमा १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाइने (निर्णयसहित)

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरले १३ गते गुन्हिपुन्हि (जनैपूर्णिमा) र १४ गते सापारु (गाईजात्रा) मनाउने  भएको छ । भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच भएको बिहिबार भएको बैठकले सो निर्णय गरेको हो । 

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी  नगरपालिकाले सरोकारवालासँग बैठक बसेर सो निर्णय गरेको हो । बैठकले ज्योतिषशास्त्र अनुसार भाद्र १३ गते बुधबार चतुदर्शी (१४) घ.प. ११.२८ प्रात, घ.मि. १०.१७ प्रात र त्यसपछि भाद्र १४ गते एकै दिनमा वृहस्पतिबार पूर्णिमा (१५) घ.प. १५.१८ प्रात, घ.मि. ७.४९ प्रात, प्रात ७.४९ मिनेट पछि परेवा (प्रतिपदा) लाग्ने, सापारु शुरु हुने समय रहेकोले भाद्र १३ गते विहान १० बजे १७ मिनेटदेखि पूर्णिमा शुरु भई भाद्र १४ गते विहान ७ः०० बजेर ४९ मिनेटसम्म रहने र त्यसपछि सापारु शुरु हुने भएकोले सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

बैठकमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु उपप्रमुख रजनी जोशी, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र तलेजुका पुजारीहरु प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेन्द्र कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र केदारप्रसाद जोशी समेतको उपस्थिति रहेको थियो ।गाईजात्रा र जनैपूर्णिमा मनाउनेबारे बसेकाे बैठककाे निर्णय