close

पाका महिलालाई साइकल प्रशिक्षण

पाका महिलालाई साइकल प्रशिक्षण

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ ले महिलालाई साइकल चलाउन सिकाउन प्रशिक्षण दिएको छ । ‘स्वस्थ्य रहौँ, साइकल चलाऔँ’  भन्ने नारासहित वडा कार्यालयले  स्वयम्भू भुइँखेलमा पाका उमेरका महिलाहरु  साइकल चलाउन सिकाएको हो । 

  महिलाहरुलाई साइकल चलाउन सिकाउने प्रशिक्षण उत्साहजनक भएको उपप्रमुख सुनिता डंगोलले बताइन् । प्रशिक्षणको अवलोकन गर्न पुगेकी उनले साइकल चलाउन सक्ने भएपछि आमा हजुरआमाहरुले नजिकैको कुनै काममा जानु परे छोरा, वुहारी, नाति या नातिनी गुहार्नु नपर्ने अवस्था आउने विश्वास व्यक्त गरिन् । 

‘काठमाडौँमा साइकल चलाउन सिकाउने प्रशिक्षण भन्दा या सुन्दा चाहिएला र जस्तो लाग्न सक्छ । तर, आमा र हजुरआमा समूहका महिलालाई जरुरी छ । साइकल मात्र गुडाउन सक्ने भएपछि उहाँहरुको जीवनशैली नै रुपान्तरण हुन्छ । लैङ्गिकमैत्री समाज निर्माणका लागि यो जरुरी छ,’ उनले भनिन् ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीको आकर्षण बढ्दै गएको छ । २५ जनाबाट सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ५५ जनाकाे सहभागिता रहेकाे छ । कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनका अनुसार आउँदो हप्ता पहिलो चरणको कार्यक्रम सम्पन्न हुँदैछ । त्यसपछि अर्को समूहलाई प्रशिक्षण दिने तयारी गर्दैछौँ । 


उपप्रमुख डंगोलकाअनुसार महिलाको शसक्तिकरण, सिप विकास, क्षमता विकासका कार्यक्रमबाट समावेशी सहर निर्माण गर्ने लक्ष्य हासिल गरिनेछ । यसका लागि हरेक व्यक्तिले लैङ्गिकमैत्री समाज निर्माणका आफ्ना आफ्ना ठाउँबाट केही न केही योगदान गर्न सक्छन् । ती व्यक्तिगत तथा संस्थागत प्रयासलाई महानगरले टेवा दिने उनले बताइन् ।