close

कतै तपाईको सहकारी डुब्दै त छैन ?

कतै तपाईको सहकारी डुब्दै त छैन ?

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले सहकारीकर्मीको भेला गरेको छ । नगरपालिकाले मंगलबार पालिकाको सभाहलमा सहकारीकर्मीको भेला गराएको हो । 

भेलामा नगरप्रमुख सुनिल प्रजापतिले सहकारीबाट जम्मा भएको सामुदायिक विकास कोष जनताको हितमा ख्वप अस्पतालमार्फत थप सेवा प्रदान गर्ने बताए ।
    
उनले सहकारीको आर्थिक कारोबारमा संलग्न पदाधिकारीहरु उदार हुन नहुने बताउँदै उदारताले नै संस्थाहरु डुब्न सक्ने सचेत गराए ।

२०२५ सालमा नवदुर्गा बहुमुखी संस्थाका पदाधिकारीहरुले गरेको भ्रष्टाचारविरुद्ध स्थानीय जनताले कारबाही गरेको सम्झनामा सहकारीकर्मीहरुको भेला आयोजना गरेको बताउँदै भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने उनले बताए । 

 सहकारी समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको रकम भक्तपुर नपालाई हस्तान्तरण गर्ने क्रम चालु रहेको बताए । उनले उक्त कोषको रकम जनताकै हितको निम्ति प्रयोग हुने बताए ।