close

मटिहानीले सञ्चालनमा ल्यायो दमकल

मटिहानीले सञ्चालनमा ल्यायो दमकल

Trulli
ADVERTISEMENT

महोत्तरी। मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ । 

‘बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल आएपछि यो भवितव्यबाट हुने क्षति रोक्न सकिने आश छ’, मटिहानी–६ का राजाराम सहनी भन्छन्, ‘नगरप्रमुख हरिप्रसाद मण्डलले वाचा पूरा गर्नुभयो, हामी खुसी छौँ ।’ नगरप्रमुख मण्डलले गत वर्ष दोस्रो कार्यकाल सुरु गर्दै एक वर्षभित्र वारुणयन्त्र ल्याउने वाचा गरेकोको सहनीले सम्झिए।

उनीजस्तै मटिहानी–३ का इलियास राइनले पनि दमकल आएपछि आगलागीका घटना तत्काल नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘दमकल आएछ, अब यसको राम्रो व्यवस्थापन होस्, आपतविपद्मा गरिब जनताले साथ पाउन्’, उनले भने।

खासगरी मधेसमा चैत–वैशाखमा आगलागीका घटनाबाट बर्सेनि जनधनको क्षति हुने गर्दछ ।  आगलागीको घटनाबाट हुने नोक्सानी रोक्न वारुणयन्त्र सहयोगी हुने नगरप्रमुख मण्डलको भनाइ छ । रु ५९ लाख २५ हजारको लागतमा खरिद भएको दमकलको शनिबार नै श्री लक्ष्मीनारायण मन्दिर परिसरमा पूजाअर्चना गरिएको छ । खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी अट्ने क्षमताको रहेको नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए।

जिल्लामा १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिकासँग मात्र वारुणयन्त्र हुँदा आपतविपद्मा निकै अप्ठ्यारो पर्दै आएको छ । ‘हामीले यो अवस्था बुझेर नै वारुणयन्त्र खरिद गरेका हौँ’, उनले भने। अब वारुणयन्त्रको सञ्चालन कार्यविधि बनाई आफ्नो नगरका छ हजार चार सय ६० धुरीलाई पहिलो प्राथमिकता दिएर सञ्चालनमा ल्याइने नगप्रमुख मण्डलले बताए। यसको सेवा जिल्ला र छिमेकका अन्य स्थानीय तहका सर्वसाधारणले पाउने गरी व्यवस्थापन गरिने जनाइएको छ । 

‘छोरी शिक्षालाई प्रोत्साहन गर्न हामीले कक्षा ११ मा अध्ययन गरिरहेका छात्रालाई साइकल प्रदान ग¥यौँ’, उनले भने , ‘हाम्रो सानो सहयोगले छात्राको विद्यालय नियमित बन्दै गएको छ ।’