close

शुक्लागण्डकीमा २५ परिवारलाई मौरी घार वितरण

शुक्लागण्डकीमा २५ परिवारलाई मौरी घार वितरण

Trulli
ADVERTISEMENT

तनहुँ । शुक्लागण्डकी नगरपालिकामा तीन दिने मौरी पालन तालिम सम्पन्न भएको छ ।  नगरपालिका तथा सुर्य  नेपाल प्रालिको बिशेष सहयोगमा तालिम सम्पन्न भएको हो । 

नगरपालिकाको अनुसार  नगरपालिका, ७  को मालेवगर तथा स्वारा टोल बिकास सस्थाका व्यक्तिलाई तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागी भएका व्यक्तिलाई मौरीको घारसमेत वितरण गरेको छ । 

नगरपालिकाको अनुसार  २५ घरधुरिलाई प्रालिको सहयोगमा मौरीको घार वितरण गरेको हो । सो घारबाट आर्थिक आर्जनमा सहयोग पुग्ने विश्वास नगरपालिकाको छ ।