close

भक्तपुरलाई सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम हस्तान्तरण

भक्तपुरलाई सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम हस्तान्तरण

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरका दुई सहकारीले सामुदायिक विकास कोषमा जम्मा भएको रकमको ५० प्रतिशत रकम नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र संगम बचत तथा ऋण संस्था लिले कोषको रकम हस्तान्तरण गरेको हो । 

नगर प्रमुख प्रजापतिले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गरिरहेको बताए । उनले नगरपालिकाले सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको निश्चित रकम समयमा बुझाएकोमा सबैलाई धन्यवाद दिँदै संकलित रकम जनताको हितमा प्रयोग गर्ने बताए ।

    
नगरपालिकाको खातामा हालसम्म सिद्धि गणेश साकोसले रु. ९ लाख, संगम साकोसले रु. १ लाख ५० हजार, भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ७२ हजार ४७५, सहलह बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार ६९०, नःपुखु बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ५३ हजार ७४६, श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ९३ हजार ७४५ पल्पसा बचत तथा ऋण सहकारी संस्था लि.ले रु. २३ हजार ४२१, सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार २८५, थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार ५१ रकम जम्मा गरिसकेको छ ।


त्यस्तै नविन कृषि सहकारी संस्था लि.ले १० हजार, लक्ष्य बचत तथा ऋण सहकारी संस्था लि. ले रु. १० हजार ५००, बेखाल बचत तथा ऋण सहकारी संस्था लि.ले रु. २३ हजार २५७, जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १६ हजार १३४, अभियान बचत तथा ऋण सहकारी संस्था लि. ले ११ हजार १८६, न्हुगु झीगु बचत तथा ऋण सहकारी संस्था लि.ले ६ हजार ६९५।५३ र चाख बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ३४ हजार १८५ रकम जम्मा गरेको छ । हालसम्म उक्त खातामा रु. १४ लाख ६३ हजार ३ सय ७१।२९ रकम जम्मा गरिसकेको छ ।

नगरपालिकााले २०८० वैशाख ८ गते भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरुसँग छलफल गरी २०८० वैशाख २१ गते बसेको भक्तपुर नपाको कार्यपालिकाको बैठकको निर्णयअनुसार आ.व. २०७८/७९ मा सहकारी संस्थाहरुमा जम्मा भएको सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकाको नेपाल बैंक लि. कमलविनायकको खाता नं. ०१९०३०००००१००१०००००३ मा जम्मा गरी भौचर लेखामा बुझाउन अनुरोध गरेको थियो ।