close

जेष्ठ नागरिक ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण

जेष्ठ नागरिक ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण

Trulli
ADVERTISEMENT

धनकुटा  ।जेष्ठ नागरिकलाई सार्वजनिक स्थलमा सहज वातावरण बनाउन सबैले सहजीकरण गर्नुपर्ने  बताएका छन्। धनकुटामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमका वत्ताहरुले जेष्ठ नागरिकलाई त्यस्तो बताएका हुन्।

 ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जेष्ठ नागरिक संघ कोशी प्रदेश सदस्य हरिकृष्ण जोशीले अस्पताल जाँदा, बिजुलीको बिल तिर्न जाँदा, पानीको बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताए । 

यस्तै जेष्ठ नागरिक संघ धनकुटा अध्यक्ष रामबहादुर श्रेष्ठले सार्वजनिक यातायातमा आरक्षण र भाडा छुटको कार्यान्वयन नभएको गुनासो गरे। उनले अस्पतालमा पनि ५० प्रतिशत छुट कार्यान्वयन नभएको बताए । यस्तै कार्यक्रमका सहभागीहरुले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिका अनुभव र ज्ञान सीपहरु महत्वपूर्ण मागर्दशन बन्नेमा जोड दिएका थिए। 

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जेष्ठ नागरिकका ज्ञान, सीप रुपान्तरण हुँदै हस्तान्तरण गर्नुपर्ने बताउनु भयो। उहाँले आधुनिकताले ढाकेको समाजले जेष्ठ नागरिकको कुरा सुन्न नचाहेको बताउँदै समाजलाई प्रेमिल ढंगले अगाडि बढाउनु पर्ने बताए । यस्तै मन्त्रालयकी उपसचिब सविता अर्यालले जेष्ठ नागरिकको बारेमा छुट्टै ऐन तथा कानुन आएको त्यसको कार्यान्वयनमा सरकार लागि परेको बताइन्।