कास्की। पोखरा महानगरपालिकाले विशेष योग शिविर सञ्चालन गर्ने भएको छ। अन्तर्राष्ट्रिय योग दिवस २०२३ को अवसरमा भारतीय दूतावासको समन्वय महानगरपालिकाले उक्त शिविरको आयोजना गर्न लागेको हो।
शिविर बिहान ७:३० देखि ८:३० सम्म हुने जनाइएको छ। पोखरा रङ्गशालामा आयोजना गर्न लागेको उक्त विशेष योग शिविर कार्यक्रममा उपस्थितिका लागि स्थानीयलाई महानगरपालिकाले आमन्त्रण गरेको छ।