close

१० जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक

१० जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक

Trulli
ADVERTISEMENT

धनकुटा। कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो। 

राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने जिल्ला खोटाङ रहेको छ भने सबैभन्दा कम ऋणात्मक हुनेमा संखुवासभा रहेको छ। खोटाङमा १ दशमलब ५६ प्रतिशत ऋणात्मक हुदाँ संखुवासभामा शुन्य दशमलब ४ प्रतिशत ऋणात्मक भएको छ।

कोशी प्रदेशमा जनसंख्या वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्लामा झापा पहिलो, सुनसरी दोस्रो, मोरङ तेस्रो र उदयपुर चौथो नम्बरमा छन्। झापामा एक दशमलब ९७, सुनसरीमा एक दशमलब ८६, मोरङमा एक दशमलब ६६ र उदयपुरमा शुन्य दशमलब ६८ प्रतिशत जनसंख्या वृद्धि भएको छ।

सरकारले २०७८ कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर एकसाथ अभियान सञ्चालन गरेर जनसंख्याको विवरण संकलन गरेको थियो भने गत चैत १० गते एक कार्यक्रम गरेर सार्वजनिक गरेको थियो। कोशी प्रदेशका पहाडि जिल्लामा जनसंख्या ऋणात्मक भएका जिल्लाहरुमा बसाइसराई प्रमुख कारण रहेको तथ्यांक कार्यालय धनकुटाका प्रमुख प्रकाश कुमार अधिकारीले जानकारी दिए।