close

सीमान्तकृत समुदायका बालिकाहरूको अधिकारसम्बन्धी आधारपत्र सार्वजनिक

सीमान्तकृत समुदायका बालिकाहरूको अधिकारसम्बन्धी आधारपत्र सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं। सीमान्तकृत समुदायका बालिकाहरूको अधिकारसम्बन्धी आधारपत्र सार्वजनिक गरिएको छ। काठमाडौंमा भएको एक कार्यक्रममा आधारपत्र सार्वजनिक गरिएको हो । 

 आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमदसम शुलहक तथा गैरसरकारी संस्था हामी दाजुभाइका महासचिव अशोक शिवाकोटीले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरेको जनाएको छ । 

कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले आवश्यक स्रोत साधनको अभावमा बालबालिकाको क्षेत्रमा काम गर्न नसकेको बताए । यस्तै मुस्लिम आयोगका सदस्यहकले सीमान्तकृत समुदायका वयस्क व्यक्तिहरु नै समस्यामा पर्ने गरेको भन्दै यस्तो समुदायका बालिकाहरु झनै जोखिमा रहेकोमा जोड दिए । 

मुस्लिम आयोगका अर्कासदस्य अलीले सीमान्तकृत समुदायका बालिकाको हक अधिकार सुनिश्चित गर्न आफू प्रतिवद्ध रहेको जानकारी गराए। राज्यले आयोगलाई छुट्याउने बजेटमा ब्यापक रुपमा कटौती गरेका कारण पनि सिमान्तकृत बालिका तथा किशोरीहरूका लागि कार्यक्रम सञ्चालन गर्न नसकिएको गुनासो समेत गरेका छन् ।

प्लान इन्टरनेशनलको सहयोगमा हामी दाजुभाइका लागि यो आधारपत्र प्रणिकाको युररुक्मणी महर्जनले तयार पार्न सहयोग गरेको हो।  कोयुले आधारपत्र तयार पार्ने क्रममा सीमान्तकृत समुदायका किशेरीहरुलाई भेट्दा उनीहरु आफ्नो अधिकारबाट वञ्चित रहेको पाइएको छ । 

दाजुभाइका महासचिव शिवाकोटीले अधिकारविहीन बालिकाहरूको अधिकार सुनिश्चित गर्न यो आधारपत्रले सरोकारवाला निकायलाई दबाव दिने विश्वास व्यक्त गरे । हामी दाजुभाइ नेपालमा लैङ्गिक समानताका लागि विशेषगरी पुरुष र पुरुषत्व,  लिङ्ग र लैङ्गिकताकाबारे पुरुष तथा बालकहरुसंग समेत काम गर्दै आएको  सामाजिक संस्था हो ।