close

फोटोग्राफी तथा भिडियो सम्पादन तालिम

फोटोग्राफी तथा भिडियो सम्पादन तालिम

Trulli
ADVERTISEMENT

 धनकुटा ।  धनकुटामा सञ्चालित सञ्चारकर्मीका लागि फोटोग्राफी तथा भिडियो सम्पादन तालिम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ धनकुटाको समन्वयमा सञ्चालित ७ दिने तालिम सम्पन्न भएको हो। 

अनलाइन तथा छापा पत्रकारितामा अत्यावश्यक फोटोग्राफी तथा टेलिभिजन पत्रकारितामा आवश्यक रहेको भिडियो सम्पादन आयोजना गरिएको हो। तालिममा २५ जनाको सहभागिता रहेको जनाइएको छ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले उद्यम विकास तथा रोजगार कार्यक्रम मार्फत तालिम आयोजना गरिएको जानकारी दिए । तालिमले उद्यम सिर्जना साथै उद्यमीका समस्याको पहिचान र समाधानका उपाय खोजी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा फोटो तथा भिडियो खिच्ने तथा सम्पादन गर्ने विषयमा जानकारी दिइएको नेपाल फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए ।